नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ।
ललितपुरमा शनिबार दिउँसोदेखि सुरू भएको बैठक जारी रहेको एक पदाधिकारीले जानकारी दिए।
बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य सहभागी छन्।
सभापति शेरबहादुर देउवा गए राति सिंगापुरबाट फर्किसकेका छन्। यद्यपि उनी पार्टी बैठकमा भने सहभागी छैनन्।
उपचारका लागि सिंगापुर जानुअघि देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए।
शनिबारको कार्यसम्पादन समिति खड्काकै नेतृत्वमा बसेको हो।
बैठकमा महाधिवेशन मितिलगायत विषयमा छलफल भइरहेको छ।
महाधिवेशन मितिबारे सहमति जुटाउन पटक पटक छलफल भए पनि निष्कर्ष निस्किएको छैन।
शुक्रबार पनि कार्यसम्पादन समिति बैठक बसेको थियो।
महाधिवेशन मितिकै विषयमा विवाद हुँदा केन्द्रीय समिति बैठक पटक-पटक स्थगित हुँदै बस्दै आएको छ। अब सोमबार मात्रै केन्द्रीय समिति बैठक बस्नेछ।