नेपालको मौसम प्रणालमिा हाल दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव छ। दित्वा चक्रवातको प्रभाव रहे पनि वर्षाको सम्भावना भने न्यून रहेको मौसमविदहरूले बताएका छन्।
यसले पश्चिमी वायुलाई झन् नेपाल आउन नदिने मौसमविद विनोद पोखरेलले जानकारी दिएका छन्।
उनका अनुसार अबको केही दिन अझै पानी पर्ने सम्भावना न्यून छ।
सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आज राति कोशी र मधेस प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।