नेकपा एमालेको आसन्न महाधिवेशनमा सचिवहरूको आकांक्षी व्यवस्थापनका लागि दुवै समूहलाई कठिन पर्ने देखिएको छ।
दोस्रो विधान महाधिवेशनले पारित गरेको विधानमा ७ सचिवको व्यवस्था गरेको छ।
एमालेको मौजुदा कमिटीमा पनि सात जना नै सचिव छन्। त्यसमध्ये एक जना निलम्बनमा छन्।
मंसिर २७ गतेदेखि २९ गतेसम्म काठमाडौं उपत्यकामा हुने ११ औं महाधिवेशनमा सचिव पदका लागि कम्तीमा ३६ जना आकांक्षी देखिएका छन्।
मौजुदा कमिटीमा रहेका सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्यालले त्यही पदमा दोहोरिने आकांक्षा देखाएका छैनन्। सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुपक्र्षका लागि थुनामा छन्।
विष्ट र भट्टराई महासचिवको दौडमा छन्। महासचिवमा अरू प्रत्यासी तयार भएको खण्डमा उनीहरू महासचिवको उम्मेदवार बन्ने सम्भावना देखिएको छ। दुवै जना अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा खुलेका छन्।
ओली समूहमा खुलेका भनिएका विश्वकर्मा, महासेठ, भट्ट र अर्यालको चाहना पनि माथिल्लो पदमा बढुवा हुने नै रहेको छ। महासेठले उपमहासचिवमा आकांक्षा देखाएका छन्। विश्वकर्मा, भट्ट र अर्यालको भने निश्चित भइसकेको छैन।
सचिव पदका लागि स्थायी कमिटीबाट, संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुमक्त ढकाल, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राई, कर्णालीका मुख्यमन्त्री यमलाल कँडेल, अग्नि खरेल, एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराई, गोरख बोगटी, कर्ण थापा, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की, कर्णाली लीलानाथ श्रेष्ठ देखिएका छन्।
आकांक्षा राख्नेमा कर्ण थापाबाहेक सबै ओली पक्षमा खुलेका छन्। उनीहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहमा खुलेका छन्।
पोलिटब्युरोबाट देवी ज्ञवाली, परशुमेघी गुरूङ, गोकुल बाँस्कोटा, महेश बस्नेत, जगत विश्वकर्र्मा, नारदमुनी राना, सुजीता शाक्य, विशाल भट्टराई, खिमलाल भट्टराई, ठाकुर गैरे, तिलकुमार मेन्याङ्बो, सूर्य थापा, पुरूषोत्तम पौडेल, अरूण नेपालले चाहना राखेका छन्।
पुरूषोत्तम पौडेल, अरूण नेपाल, गोकुल बाँस्कोटा, ठाकुर गैरे अहिले वरिष्ठ उपाध्यक्ष पोखरेलतिर खुलेका छन्। बाँकी अध्यक्ष केपी शर्मा ओलीकै समूहमा रहेका छन्।
केन्द्रीय सदस्य टंक कार्की, झपट रावल, ऐन महर, नीरज आचार्य, पदम गिरी, भगवती चौधरी, माधव ढुंगेल, विनोद ढकाल, रचना खड्काले पनि सचिव पदमा आकांक्षा राखेका छन्।
यसमध्ये कार्की, रावल, ढकाल, खड्का पोखरेल समूहमा खुलेका छन्। महर, आचार्य, गिरी, चौधरी, ढुंगेल ओली समूहबाट सचिव दाबी गरिरहेका छन्।
एकीकृत समाजवादीबाट एमाले फर्किएकी रामकुमारी झाक्रीले पनि अहिले सचिव पदमा आकांक्षा राखेकी छन्।