नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा कैलाली क्षेत्र नम्बर ५ बाट उम्मेदवार सिफारिस भएकी छन्।
पार्टीको क्षेत्रीय कार्यसमितिले राणाको नाम एक नम्बरमा सिफारिस गरेको हो।
आरजु राणासहित ४ जनाको नाम मंगलबार उम्मेदवारमा सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।
सुदूरपश्चिम महामन्त्री नरनारायण शाह, डिल्लीराज पन्त, नृपबहादुर वडको नाम पार्टीको माथिल्लो तहमा सिफारिस भएको हो।
२०७९ सालको चुनावमा आरजु समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्। कांग्रेसले उम्मेदवार सिफारिस गर्दा २०७९ मा समानुपातिक सांसद बनेकालाई पुन: समानुपातिकमा उम्मेदवार सिफारिस नगर्न भनेको थियो।
२०७४ सालमा आरजु यही क्षेत्रबाट चुनाव उठेकी थिइन्। त्यसबेला उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग पराजित भएकी थिइन्।