राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदेश खारेज गर्न माग गरेका छन्।
राप्रपाले आज काठमाडौंको रत्नपार्कमा गरेको सभामा बोल्दै उनले प्रदेश खारेज गर्नुपर्ने बताए।
‘अहिलेको सरकारलाई हामी के भन्छौं भने- प्रदेश खारेज गर्नुस्। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउनुस्,’ उनले भने।
उनले प्रदेशहरू राख्नको सट्टा अस्पतालहरू बनाउन सकिने बताए।
‘संविधान संशोधन गर्नुस्, आज अख्तियार लगायतका ठाउँमा राजनीतिक दलहरूलाई नियुक्ति बन्द गर्नुस्। अनि चुनावमा जाऔँ। नयाँ जनादेशका साथ आऔँ,’ उनले भने।