नेपाली कांग्रेस धनकुटाले महामन्त्री गगन थापालाई उम्मेदवार सिफारिस गरेको छ।
जिल्ला सभापति दिनेश राईले सेतोपाटीलाई दिएको जानकारीअनुसार फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि उम्मदेवारका रूपमा महामन्त्री थापाको नाम एक नम्बरमा सिफारिस गरिएको हो।
साथै जिल्ला सभापति दिनेश राई, पूर्वजिल्ला सभापति मननारायण श्रेष्ठ, पूर्वजिल्ला सभापति हरिकुमार राईको नाम सिफारिस भएको हो।
साथै रोल्पाबाट पनि महामन्त्री थापाको नाम उम्मेदवारका रूपमा सिफारिस भएको छ।
महामन्त्री थापाले आफू काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव उठ्ने बताइरहेका छन्।