नव नियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सार्वजनिक यातायात सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले साे प्रतिबद्धता जाहेर गरेका हुन् ।
उनले भौतिक पूर्वाधारका काममा तीव्रता दिने र सार्वजनिक यातायातलाई सहज बनाउने काममा ध्यान दिने र विकास निर्माणमा हुने ढिलाइका कारण खोजी त्यसको समाधान गर्ने बताए । यसका साथै, मन्त्रालयका काममा आएका जटिलता समाधान गर्ने समेत बताए । मन्त्री बलायरलाई मन्त्रालयका सचिव देवेन्द्र कार्कीलगायत अधिकारीहरुले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न र बधाई दिन मन्त्रालयमै कार्यकर्ताको पनि भीड देखिन्थ्यो ।