सेनाले पहिलो पटक महिला सैनिक मात्रै भएको गुल्म खडा गर्न लागेको छ।
गुल्म स्थापना गर्ने निर्णय भए पनि यसको सबै मोडालिटी तयार भइसकेको छैन। सेनामा एउटा गुल्ममा ८० देखि १ सयको संख्यामा जनशक्ति रहन्छ।
सेनामा पहिलो पटक महिला सैनिक मात्रै भएको गुल्म स्थापना गर्न लागिएको र यसको नेतृत्व सेनानी सृष्टी खड्काले गर्ने सेनाका प्रवक्ता झंकरबहादुर कडायतले सेतोपाटीलाई बताए ।
खड्का २०६१ माघमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा प्रवेश गरेकी हुन्।