प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दिने भारतको राजकीय भ्रमण गर्ने भएका छन्।
परराष्ट्र मन्त्रालयले भ्रमणका क्रममा प्रधानमन्त्री देउवा भारतीय राज्यहरू तेलंगना, आन्द्रप्रदेश र बिहार पनि जाने जानकारी दिएको छ। मन्त्रालयले ती राज्यको कुन ठाउँमा के कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सहभागी हुने भन्ने खुलाएको छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणका लागि प्रधानमन्त्री देउवा भदौ ७ दिल्ली प्रस्थान गर्नेछन्। उनी ११ गते स्वदेश फर्कने कार्यक्रम छ।