नवनियुक्त सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले दूरदराजमा भरपर्दो टेलिफोन सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
मङ्गलबार पद बहालीपछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उनले सरकारी स्वामित्वका सञ्चार माध्यमहरूले जनतालाई समयमा गुणस्तरीय सेवा दिएर निजी क्षेत्रको प्रतिस्पर्धामा उत्रन सक्नुपर्ने पनि बताए। राज्यमन्त्री विष्टले मन्त्री र मन्त्रालयका कर्मचारीहरुसँग समन्वय गरेर आफूले काम गर्ने बताए ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले आमसञ्चारसम्बन्धी उच्चस्तरीय कार्यदलको सुझावअनुसार विद्यमान सञ्चारसम्बन्धी ऐन, कानून परिमार्जनको तयारी भएको अवगत गराए । रासस