नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विमलेन्द्र निधिलाई कार्यबाहक सभापति दिएकोमा असन्तुष्टि जनाएका छन् ।
पार्टीभित्र कुनै छलफल नै नगरी प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निधिलाई कार्यबाहक दिएको भन्दै पौडेल आक्रोसित बनेका हुन्।
पाँच दिने भारत भ्रमणमा जाने क्रममा देउवाले निधिलाई कार्यबाहक सभापति दिएका हुन् । ‘पार्टीभित्र कुनै छलफल पनि भएको छैन।पार्टीका साथीहरुलाई बेवास्ता गर्नुभएको छ।’ पौडेलले सेतोपाटीसँग भने,‘पार्टीमा छलफल गर्ने परम्परा नै हरायो।उहाँले के गर्न खोज्नुभएको हो।’
विधान अनुसार सभापतिको अनुपस्थितिमा पार्टी उपसभापति कार्यबाहक सभापति बन्ने व्यवस्था रहेको भएपनि उपसभापति नभएको अवस्थामा छलफलका आधारमा कार्यबाहक दिनुपर्ने उनले बताए ।
पार्टीमा छलफल गरेर सहमति गर्ने परम्परा हराएकोमा आफूलाई चिन्ता लागेको पौडेलले बताए ।