सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले निर्माणका क्रममा रहेको निजामती सेवा ऐन तयार भएपछि कर्मचारीको व्यवस्थापनमा सहजता आउने बताएका छन्।
अाइतबार बाँकेमा आयोजित पत्रकार सम्मेलनमा उनले केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको निजामती ऐन तयार भइसकेपछि कर्मचारीको समायोजन प्रक्रियासमेत अघि बढ्ने विश्वास व्यक्त गरे ।
मुलुकमा हाल ८३ हजार निमामती कर्मचारी रहेको जानकारी गराउँदै मन्त्री बस्नेतले तीन तहमा कर्मचारीको परिचालन मस्यौदाका रूपमा तयार भएको निजामती सेवा ऐन पारित भएपछि कर्मचारीको व्यवस्थापन त्यहीअनुरुप गरिनेछ भने । रासस