स्थानीय तहको चुनाव अन्तर्गत २ नम्बर प्रदेशका आठ जिल्लामा बिहान ७ बजेबाट सुरु भएको छ । मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ । मतदानको सबै तयारी पूरा भएकाले मतदान गर्न निर्वाचन आयोग आह्वान गरेको छ । २ नम्बर प्रदेशको चुनावमा धेरै शीर्ष नेताहरुले पनि भाग लिँदै छन् ।
कुन नेता तथा वरिष्ठ व्यक्तिले कहाँबाट भोट हालेअयोधिप्रसाद यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७:०० बजे मतदान गरे।
उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन्। सो केन्द्रमा सर्वप्रथम उनले मतदान गरे।
माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका छन्।
सीतादेवी यादव
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छन्।
विमलेन्द्र निधि

नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसालेका छन्।
गिरिराजमणि पोखरल
स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसाल्दै छन्।
महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्दैछन्।
मातृका यादव
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दैछन्।
राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर नगरपालिका–२, जनता उमावि केन्द्रबाट मतदान गरेका छन्।
अनिल झा
राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले रौतहटको दुर्भाभगवती गाउँपालिका अन्तर्गत संस्कृत उमाविबाट मतदान गरेका छन्।ऽ
महेन्द्रराय यादव
राष्ट्रिय जनता पार्टीका अर्का नेता महेन्द्रराय यादवको गृह जिल्ला सर्लाही हो। उनले सर्लाहीको हरिपुर्वा नगरपालिका–९ स्थिति रामजानकी मन्द्रिर मतदान केन्द्रबाट भोट खसाल्दैछन्।
आनन्द ढुंगाना
नेपाली कांग्रेसका नेता आनन्द ढुंगानाले धनुषाधाम नगरपालिका–१ को गोविन्दुर केन्द्रबाट भोट खसाल्दै छन्।
सत्यनारायण मण्डल
एमाले नेता सत्यनारायण मण्डलले सप्तरीको सप्तकोसी नगरपालिका–११ मा रहेको बालविकास केन्द्रबाट मतदान गर्दैछन्।
प्रभु शाह
माओवादी केन्द्रका नेता एवम् शहकारी विकासमन्त्री प्रभु शाहले रौतहटको मौलापुर नगरपालिका–५ को मौतापुर केन्द्रबाट भोट खसाल्दैछन्।
शरत्सिंह भण्डरी
राष्ट्रिय जनता पार्टीका नेता शरत्सिंह भण्डरीले महोत्तरी औरही नगरपालिका, औरही माविबाट मतदान गर्दैछन्।
फरमुल्ला मन्सुर
कांग्रेस नेता तथा श्रम मन्त्री फरमुल्ला मन्सुरले बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित जितपुर उमाविबाट मतदान गर्दैछन्।
मनिष सुमन

राष्ट्रिय जनता पार्टीका अर्का नेता मनिष सुमनले राजबिराजबाट मतदान गरेक छन्।