वीरगन्ज महानगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच कडा टक्कर छ। पछिल्लो मतपरिणाममा कांग्रेसले राजपालाई २०७ मतले पछाडि पारेको छ।
कांग्रेसका मेयर उम्मेदवार अजयकुमार द्विवेदीले ३४१३ मत पाएका छन् भने उनका निकट प्रतिद्वन्द्वी राजपा नेपालका राजेशमान सिंहले ३२०६ मत ल्याएका छन्।
संघीय समाजवादी फोरम नेपालका मेयर उम्मेदवार विजय सरावगी २८४४ मत ल्याएर तेस्रो स्थानमा छन्। माओवादी केन्द्रका रहबर अन्सारीले २१२६ मत ल्याएका छन्।
पछिल्लो मतपरिणाममा नेकपा एमालेका बसरुद्दिन अन्सारी पाँचौं स्थानमा झरेका छन्। उनले पाएको मत १७४७ छ। छैठौं स्थानमा रहेको फोरम लोकतान्त्रिकका विमल श्रीवास्तवले ११६२ मत ल्याएका छन्।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शान्ति कार्कीले अग्रता लिएकी छन्। उनले ४००० मत ल्याएकी छन्। उनी र निकट प्रतिद्वन्द्वी राजपा नेपालका रम्भा मिश्रबीच ११९० मतको अन्तर छ। मिश्रले २८१० मत ल्याएकी छन्।
तेस्रो स्थानमा रहेकी संघीय समाजवादी फोरमकी पिंकीदेवी यादवले २७७६, नेकपा एमालेकी सोफिया आचार्यले २११६, माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले १४९७ र फोरम लोकतान्त्रिककी रींकू यादवले ९१३ मत ल्याएकी छन्।