सर्लाहीको हरिपूर्वा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। योसँगै दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा कांग्रेसले ११ स्थान जितेर अग्रस्थान कायम राखेको छ।
हरिपूर्वा नगरपालिका मेयरमा सियाराम राय ३७५३ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका बज्रभूषण प्रसाद सिंहले २३३६ मत ल्याएका छन्।
उपमेयरमा पनि नेपाली कांग्रेसकी चन्द्रकला देवी सुडी २६४२ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी राजपाकी रामदुलारी यादवले २४१६ मत ल्याएकी छन्।