संविधान संशोधनसहित मधेसका कतिपय मुद्दामा आलोचनात्मक धारणा राख्दै आएको नेकपा एमाले दुई नम्बर प्रदेशको निर्वाचनमा दोस्रो स्थानको प्रतिस्पर्धाबाट पनि पछाडि छुटेको छ।
शुक्रबार बिहान ९ बजेसम्मको नतिजाअनुसार माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दोस्रो स्थानका लागि टक्कर छ।
नेपाली कांग्रेसले १५ स्थानमा जितेर आफ्नो अग्रस्थान कायम राखेको छ। दोस्रो स्थानका लागि भने माओवादी, फोरम र राजपाबीच भीडन्त छ। यी तीनै दलले ८-८ स्थानमा जितेका छन्। यी दलले नेकपा एमालेलाई पनि पछाडि छाडेका छन्। एमाले अहिलेसम्म ५ स्थानमा मात्र विजयी भएको छ।
माओवादी केन्द्रले जितेका ठाउँ:
- सिरहा,कर्जन्हा नगरपालिका:गंगा पासवान
- सिरहा,अर्नमा गाउँपालिका: ठकु महतो कोइरी
- पर्सा,ठोरी गाउँपालिका: पदम लाल श्रेष्ठ
- सिरहा,औरही गाउँपालिका : सिद्धार्थ यादव
- रौतहट,मौलापुर नगरपालिका:रिना साह
- रौतहट, यमुनामाई गाउँपालिका: श्रीप्रसाद मुखीया बीन
- महोत्तरी, गौशाला नगरपालिकाः शिवनाथ महतो
- महोत्तरी, सम्सी गाउँपालिकाः फारूक शेख
राजपाले जितेका ठाउँ:
- धनुषा,हंसपुर नगरपालिका:रामज्ञान मण्डल
- सर्लाही, कौडेना गाउँपालिका: रामप्रसाद राय यादव
- बारा, देवताल गाउँपालिका: चन्दन कुमार सिंह
- सप्तरी,डाक्नेश्वरी नगरपालिका: शिवनारायण साह
- महोत्तरी, महोत्तरी गाउँपालिका:सुनिल राय
- पर्सा: कालिकामाई गाउँपालिका: नथुनी कुशवाह
- सप्तरी, रुपनी गाउँपालिकाः हरेराम यादव
- सर्लाही, ब्रम्हपुरी गाउँपालिकाः विनोद कुमार शाह
संघीय समाजवादी फोरमले जितेका ठाउँ:
- सिरहा,विष्णुपुर गाउँपालिका:जागेश्वर यादव
- सिरहा,भगवानपुर गाउँपालिका:बेचनप्रसाद यादव
- सर्लाही,पर्सा गाउँपालिका:किसुनदेव राय
- महोत्तरी, सोनमा गाउँपालिकाः राजकुमार यादव
- पर्सा, विन्दवासिनी गाउँपालिकाः श्रीलाल शाह कानु
- बारा, पचरौता नगरपालिकाः रमेश कुमार यादव विजयी
- सप्तरी, तिरहुत गाउँपालिकाः हेमन्तकुमार बहडखेर
- रौतहट, देवाही गोनाही नगरपालिकाः धर्मेन्द्र पटेल
एमालेले जितेका ठाउँ:
- सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा
- पर्सा,पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी
- धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव
- धनुषा,बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत
- सिरहा, नरहा गाउँपालिकाः रामशरण यादव
- सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका, केदारनाथ यादव
यी दलमध्ये राजपाले सबभन्दा बढी १७ स्थानमा अग्रता हासिल गरेको छ भने फोरमले १२ र माओवादीले १० स्थानमा अग्रता लिएको छ।