धनुषाको कमला नगरपालिका नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएक छन्।
नेपाली कांग्रेसका राम उदगार गोइतले ४०२० मत ल्याएर विजयी भएका हुन्। उनले संघीय समाजवादी फोरम नेपालका उम्मेद्वार शुपती यादवलाई हराएका हुन्। यादवले २६९६ मत ल्याए।
यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै शीलादेवी मण्डल विजयी भइन्। शीलाले ४१०६ मत ल्याएर विजयी भइन्। उनलाई पछ्यएकी संघीय समाजवादी फोरम नेपालकी रीता सिंह मण्डलले २६०१ मत ल्याइन्।