दुई नम्बर प्रदेशको हालै सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरीका १८ मध्ये १५ स्थानको नतिजा आइसकेको छ।
नेपाली कांग्रेस अिहलेसम्म पाँच स्थान जितेर सबभन्दा ठूलो दल बन्ने दौडमा अग्रपंक्तिमा छ। मतगणना जारी रहेका तीनमध्ये एउटामा कांग्रेसको अग्रता रहेकाले उसको दाबेदारी बलियो देखिन्छ।
कांग्रेसले जितेका पाँच स्थानमा कृष्णासवरन गाउँपालिका (पर्शुराम चौधरी), बेल्ही चपेना गाउँपालिका (प्रमानन्द यादव), विष्णुपुर गाउँपालिका (निलाम्बर यादव), सुरङ्गा नगरपालिका (मुक्तिनाथ चौधरी) र खडक नगरपालिका (किरणकुमार भगत) छन्।
मतगणना जारी कञ्चनपुर नगरपालिकामा कांग्रेसको अग्रता छ।
संघीय समाजवादी फोरम नेपालले चार स्थान जितेको छ भने एउटामा अगाडि छ।
जितेका स्थान तिरहुत गाउँपालिका (हेमन्तकुमार बहडखोर), वलान–विहुल गाँउपालिका (हेमन्तकुमार बहरखेर), बोदेबरसाइन नगरपालिका (आतेशकुमार सिंह) र महादेवा गाउँपालिका (
दिपककुमार यादव) हुन्। नतिजा आउन बाँकी राजविराज नगरपालिकामा फोरम अगाडि छ। यहाँको गणना स्थगित छ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चार स्थान जितेको छ। ती डाक्नेश्वरी नगरपालिका (शिवनारायण साह), रुपनी गाउँपालिका (हरेराम यादव), तिलाठी कोइलाडी गाउँपालिका (सतिषकुमार सिंह) र हनुमाननगर नगरपालिका (शैलेह साह) हुन्।
यहाँ एमालेले अिहलेसम्म एक मात्र स्थान सप्तकोशी नगरपालिका (उत्तमकुमार शर्मा) मा विजय हासिल गरेको छ। मतगणना जारी शम्भुनाथ नगरपालिकामा एमाले अगाडि छ।
नयाँ शक्ति पार्टी नेपालले छिन्नमस्ता गाउँपालिका (सत्यनारायण मण्डल) जितेको छ। नयाँशक्तिले जितेको एक मात्र स्थान यही हो।