राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले पदबाट राजीनामा दिएका छन्।
कांग्रेसबाट प्युठानमा प्रतिनिधि सभाका लागि चुनाव लड्न उनले राजीनामा दिएका हुन्।
‘पार्टीले मेरो नाम सिफारिस गरेपछि केही विवादहरु देखिए। यता प्राधिकरणमा पनि नीतिगत रुपमा सबैकुरा सकिएको र अब समन्वय गर्ने मान्छे चाहिएकोले राजीनामा दिएको हुँ,’ पोखरेलले सेतोपाटीसँग भने, ‘अब प्राधिकरणका समन्वय गर्ने एकजना प्रशासक भए पुग्छ।
उनले पार्टीले टिकट दिए आफू प्युठानमा चुनाव लड्ने नभए प्राध्यापनमै फर्किने बताए। यसअघि आइतबार पोखरेलले प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएका थिए।
यो पनि हेर्नुहोस्: