श्री सम्पादकज्यू
सेतापाटी डट कम ।
यही जेठ २५ गते शुक्रबार सेतोपाटीमा प्रकाशित ‘किन असफल भयो युवा स्वरोजगार कार्यक्रम’ शीर्षकको समाचारमा हाम्रो ध्यानाकर्षण भएको छ।
उक्त समाचारको शीर्षकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको स्थापनादेखि हालसम्मको यथार्थ स्थितिलाई नसमेटेको, कोष असफल भयो भन्ने शीर्षकबाट समग्र कोषका कार्यक्रमहरु ओझेलमा परेको र प्राप्त उपलब्धीलाई जनसमक्ष पुर्याउनु पर्नेमा भ्रम सिर्जना भएको हाम्रो ठम्याइ छ। उक्त समाचारमा भनिए अनुसार मैले बोल्दै नबोलेको विषयलाई मूल शीर्षक बनाइएको प्रति हाम्रो आपत्ति छ। साथै कतिपय तथ्याङ्कसमेत नमिलेको हुनाले खन्डन गर्न चाहन्छु।
साथै कोषको यथार्थ विवरणबारे समाचार बनाइदिन अनुरोध गरिन्छ।
विष्णुप्रसाद गौतम
कार्यकारी निर्देशक
युवा तथा साना व्यवसायी स्वरोजगार कोष, काठमाडौं।