कृषिप्रधान देश भएकोले पनि सरकारले असार १५ लाई धान दिवसको रूपमा मनाइरहेको छ। खुसीका साथ आज असार १५ लाई धान दिवस मनाइरहेका छौं। मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दहि चिउरा खादैँ र धान रोपेर मनाउने परम्परा छ। रोपाई गर्ने व्यक्तिहरु रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च्यूरा खाएर असारे भाखाको सुनौलो गीत गाउँदै शरीर र मनलाई ऊर्जामय बनाउने यो दिनको परम्परा छ।
तर असार १५ लाई आधुनिक युग भनेर नेपाल सरकारमा रहेका मन्त्रीहरु, व्यक्तिहरु पाटीका नेता कार्यकर्ताहरुलेले फोटो खिचाउने काम, रमाईलो गर्ने, किसानहरुलाई आफ्नो नाटक प्रर्दशन गर्ने आदी रुपमा मनाइरहेका छन्। नेपाल ३० वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियो। खाद्यान्न निर्यात कम्पनीले उब्जनी निर्यात गरेर सरकारलाई राम्रै राजश्व बुझाउँथ्यो। आज नेपालको स्थिति खाद्यान्न आयातले भारत, चिन, जापान, चिन र इटाली जस्ता देशसंग व्यापार घाटा बढ्दो छ। नेपालका ९६ प्रतिशत धानका बिउ समाप्त भए तर ४ प्रतिशत पनि फिलिपिन्सको जिनबैंकमा छ भनेर सरकारी डाटाले भन्छ। नेपालमा मौलिक रैथाने चैते धान, वर्षे धान, घैया धानको खेती हुँदै आएको छ् केहि हाम्रा मौलिक रैथाने धानहरु मासिदै गएका छन्।
नेपालमा कृषि क्षेत्रमा व्यापक हानिकारक विषादी प्रयोग भइरहेको छ्। खेतियोग्य जमिनमा हानिकारक विष दिन प्रतिदिन बढ्दै गइरहेको छ् यसले कति हानीकारक गर्छ र कस्तो असर गर्छ भन्ने कुरा हामीलाई नै थाहा छ्। खेतियोग्य जमिन दिन प्रतिदिन प्लटिङ भइरहेको छ्। नेपालीहरुको सिप र परिश्रम धेरै मात्रमा विदेशी भुमिमा खेर गइरहेको छ्। इटलीको बंशाणुगत सुधार गरिएको स्याउको बिउले कर्णालीको स्याउ खेति धानेको छ। विदेशको स्याउले नेपाली बजार ओगटेको छ। टमाटर र खुर्सानीको बिउ भारतमा भर पर्नुपर्छ। आलु र प्याजको बजार भारतको नियन्त्रणमा छ। के यहि नै हो कृषिको आधुनिकरण ?
खेति गर्ने समयमा किसानले मल बिउ पाएका छैन्। सिचाईको अभाव पनि जतात्यहि उस्तै छ्। किसानलाई मल बिउ बितरणदेखि खेतिपातीको समयमा विशेषज्ञहरु उपलब्ध गराऊ। यूवाहरुलाई देशकै कृषिमा रोजगारी दिएर उनीहरुलाई कृषिमा लाग्न पोत्साहन दिने हो भने नेपालमा मात्र होइन अन्य देशमा पनि हाम्रा उत्पादनहरु निर्यात गर्नु सकिन्छ्। नेपाल तमोभुमी देबभुमी र मातृभुमीमा देशमा अर्गानिक खेति उत्पादन गरि स्वदेशमा नै रोजगारी सिर्जना गरौं।
[email protected]