सिल्भर एजुकेशन फाउन्डेसन प्रा.लि.ले आफ्नो कन्सल्टेन्सीबाट दक्षिण कोरियामा पुगेका नेपाल विद्यार्थी अलपत्रमा नपरेको प्रष्ट पारेको छ।
प्रालिका सिइओ सन्तोष खनालले ‘दक्षिण कोरियामा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको बिजोग’ भन्ने समाचारको खण्डन गर्दै यस विषयमा प्रष्ट पारेका हुन् ।
विद्यार्थीको बिजोगसम्बन्धी समाचारमा हाम्रो कम्पनीको नाम आएको छ, यो सरासर झूट हो, खनालले भनेका छन्।
प्रालिले कोरियामा रहेका विद्यार्थीहरूसँग आफूहरू पटक पटक सम्पर्कमा रहेको र उनीहरूले बिजोगमा नपरेको बताएको खनालले जानकारी दिए।
विद्यार्थीको बिजोग भए /नभएको अनुसन्धान गर्न र त्यस्तो पाइए आफूहरू कारबाहीको दायरामा आउने खनालले बताएका छन्।
यसैबीच यही कलेजमा पढ्ने विद्यार्थीको स्टाटस हेर्नुहोस्