भानुको नाम सुन्दा श्रद्धाको ज्योती बल्दछ।
रम्घाको डाँडा काँडा साहित्य रस फुल्दछ।
असार मासको बेला जन्म भो भानुभक्तको।
उर्लदो खहरे जस्तै शब्द भण्डार ज्ञानको ।
रम्घाको शीत छायाँले एउटा फूल फुलाएछ ।
हृदयपुरीको माझ एउटा नाम पलाएछ ।
खोज्दछन् साहित्यप्रेमी भानुभक्त नाम कवि ।
कृतिको रचनालेनै प्रष्टिन्छ उनको छवि ।।
भानुभक्त कवि जन्मे घाँसीको प्रेरणामा ।
जन्मिउन भानुजस्तै कवि नेपाली काखमा ।
युग युग बाँचिरहुन भानु नेपाली माझमा ।
श्रद्धाको दुइ थोपा भानुको सम्झनामा ।।