२०७५।७।९ मा प्रतिष्ठित अनलाइन पत्रिका सेतोपाटीमा प्रकाशित ‘स्पेनस्थित नेपाली राजदूत हटाउने चलखेल’ शिर्षकमा मेरो नाम समेत जोडेर समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
समाचारमा भनेजस्तो म हालसम्म पनि कुनै राजनीतिक दल निकट नभइ निष्पक्ष र स्वतन्त्र तवरले कार्य राजदूतज्यूले तोकेबमोजिम कार्य गर्दै आईरहेको छु।
नेपाल सरकारको एउटा सामान्य अधिकृत मैले चाहेर राजदूत हट्ने पनि होइन न त राजदूत हटाउने मेरो हैसियत नै छ। विना प्रमाण हचुवाको भरमा समाचार लेखिएको छ । साथै राजदूतसँगको मेरो सम्बन्ध पनि गतिशील र सौहार्दपूर्ण रहेको छ। यो कुरा स्वयं राजदूतज्यूले भन्नुभएको थियो।
राजदूत हटाएर प्रमोशनमा सहयोग पुग्ने भन्ने अबुझ व्यक्तिले मात्र भन्ने र अबुझ पत्रकारले मात्र समाचार बनाउने हो जस्तो लाग्छ। समाचारको सत्यता बुझिदिनहुन अनुरोध गर्दछु।
निवेदक
हरिहर कान्त पौडेल
प्रथम सचिव, नेपाली राजदूतावास म्याड्रीड स्पेन