एउटा गुलाफको फूलमा अल्झिएको
रंगीचंगी कागजमा बेरिएको
दिन तोकेर गरिएको
मेरो जमानाको प्रेम।
बाहिरी रुप देखेर बुनिएको
शरीरका अङ्ग अङ्ग तौलिएको
उचाई,चाल र डाल नापिएको
मेरो जमानाको प्रेम।
यौनको उन्मादमा गासिँएको
त्याग र समर्पण बिर्सिएको
क्षणिकताको आवरणमा हुर्किएको
मेरो जमानको प्रेम।
वयस्कहरुमा मात्र सिमित पारिएको
बढ्दो उमेरसँगै गालिएको
बजारका वस्तुहरुमा सजिएको
मेरो जमानाको प्रेम।
फेसबुक र इन्स्टग्राममा अङ्कुरिएको
आइफोन र स्मार्टफोनमा टिकाइएको
रेस्टुरेन्टका महङ्गा बिलमा अड्याईएको
मेरो जमानाको प्रेम।
जातभातको नाममा तर्सिएको
धर्मको आडमा खुम्चिएको
भौगोलिकताको सिमामा बाधिएको
मेरो जमानाको प्रेम।
कसैको अनुमती मागिएको
मर्यादाको नाँउमा दबिएको
अनेक बन्धनहरुमा जेलिएको
मेरो जमानाको प्रेम।