मानवको सेवामा जुट्छन् स्वास्थ्यकर्मी
गाह्रो साह्रो पर्यो खट्छन् २४ घन्टा पनि।
आफ्नो भन्दा अरूको सेवामा छन् हावी
राम्रो सेवा दिनेमा चुक्ने छैनन् कदापी।
यसैगरी सेवा गर्यो आफैंलाई बिर्सनछन्
घरको दूधे बालक सम्झी घरिघरि झस्कन्छन्।
बिचरा त्यो दूधे बालक बोत्तलको भरमा
ठेगान छैन आमा आउने उसको त्यो घरमा।
हजुरआमा हजुरवुबा पाउडर दूध घोल्दै
यी र यस्तै समस्याहरू स्वास्थ्यकर्मी झेल्दै।
कार्यक्षेत्रमा व्यस्त हुन्छ स्तनपान गराउन
तर आफ्नै अधिकार गुमेको जानकारी पाउन्न।
अरूलाई छ महिना दूध खुवाऊ भन्यो
आफू भने ७५ दिनमै अस्पतालको फन्दा।
अरूको बच्चा रूँदा दूध खुवाउनुस् भन्यो
आफ्नो भने ठेगान छैन घन्टा मात्र गन्यो।
स्तनपानको अधिकार त सबैलाई हो नि
अरूको सेवा तल्लीन बस्दा सबै बिर्सि गयो नि।
काम गर्दा घरपरिवार बच्चा बिर्सी जाने
गानिएका स्तन हेर्दा आफैं तर्सी जाने।
न त कुनै व्यवस्था छ न त नियम यिनलाई
तर पनि चुकेका छैनन् सेवा दिनलाई।
आमाहरूलाई सिकाउँदा चस्स मन दुख्छ
कहिलेकाहीँ त बालक सम्झी छाती यो फुट्छ।
अस्पतालमा हुनुपर्ने स्तनपान कक्ष
व्यवस्थापन अघि बढ्नु लिई यही लक्ष्य।
अरू बच्चा रूँदा पनि आफ्नो सम्झने
लाग्छ उनलाई कति बोत्तल बच्चालाई पेल्ने।
अभागी आमाको अधिकार खोसियो सोच्छिन्
मानवीय सेवामा जुट्यो तै पनि धेरै खुसी छिन्।
आफ्नो बच्चा रूवाएर अरूको सेवामा
देश समाज र मानवको सेवामा।
यो कथा व्यथा सबै स्वास्थ्यकर्मीहरूको
हरपल हरक्षण सेवामा तल्लीन हामीहरूको।
यी धेरै सम्स्याका बावजुद् पनि
सधैं सेवामा लाग्ने प्रण गर्छिन् उनी।
(स्टाफ नर्स
मंगलादेवी बर्थिङ्ग सेन्टर
त्रि.वि. शिक्षण अस्पताल)