काठमाडौं विश्वविद्यालयले ‘प्रवेश परीक्षा फेल रजिष्ट्रारकी छोरीलाई काठमाडौं विश्वविद्यालयमा भर्ना’ शीर्षकको समाचारमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार स्कुल अफ साइन्सका डिन कन्हैया झाले विज्ञप्ति निकालेर समाचारको खण्डन गर्दै सेतोपाटीमा प्रकाशित समाचारमा भनेजस्तो रचना शर्मा प्रवेश परीक्षामा अनुत्तिर्ण भएको नभई राम्रै अंक हासिल गरेको उल्लेख गरेका छन्।
शर्मालाई कर्पोरेट सिटअनुसार भर्ना गरेको पनि झाले बताएका छन्। भर्ना प्रक्रियामा रजिष्ट्रारको तोकआदेश वा संलग्नता नरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
फार्मेसीमा ३० सिट रहेको र त्यसका लागि ८३ जनाले परीक्षा दिएको विश्वविद्यालयको भनाइ छ।