देशमा लकडाउ खुलेसँगै विशेषतः वीरगञ्जमा केन्द्रित हुँदै कोरोनाको महामारी युद्ध स्तरमा फैलिएको हामी सबैलाई थाहा भएकै कुरा हो। वीरगञ्जमा कोरोना समुदाय स्तरमा फैलिनु भनेको ठोरी गाउँपालिकामा पनि जोखिम बढ्नु हो भन्ने सहजै अनुमान गर्न सकिन्छ।
किनभने हाम्रो वीरगञ्जसँग भौगोलिक दूरी पनि कम रहेको र सदरमुकाम पनि भएको हुँदा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा वीरगञ्जको सम्पर्कमा हामी छौँ। अब, वीरगञ्जवाट विस्तारै गाउँमा समेत प्रवेश गरेको अवस्था छ।
तसर्थ हाम्रा जनप्रतिनिधीहरु भनेको हाम्रा अभिभावक हुन्। घरमा आउने बिपत्तिको संकेत हामीले पाईसकेको हुँदा पूर्वतयारी तथा भैपरी आएमा कसरी सामान्यीकरण गर्ने, मानसिक तथा भौतिक रुपामा पूर्णतयारी अवस्थामा हुनुपर्छ।
सरकारको दायित्व के? नागरिकको दाइत्व के? बिपदमा हामी कसरी प्रस्तुत हुने? एक-अर्कालाई कसरी सहयोग गर्ने भनेर तयारी अवस्थामा रहनु पर्छ। यो समयको सक्दो सदुपयोग गरेर आवश्यक छलफल, राय सल्लाह विज्ञहरुसँग परामर्श गरेर तयारी अवस्थामा बस्न सक्नु असल नेतृत्वको बुद्विमता हो।
मेरो विचारमा संम्भावित महामारी कोभिड-१९ बाट बच्न मेरो जनप्रतिनिधिलाई मेरो २५ बुँदे सुझाव प्रस्तुत गरेको छु। सुझाव उपयुक्त लागेमा बढ्दो महामारीलाई ख्याल गर्दै छिटोभन्दा छिटो छलफल चलाई कार्यान्वयन गर्नु होला।
१. सर्वप्रथम सर्वदलिय, सर्वपक्षीय भेला गरी सबैको रायसल्लाह लिने।
२. गाउँपालिकास्तरीय कोरोना जोखिम तथा नियन्त्रण समिति गठन गरी वडा र टोल स्तरमा समेत समिति. गठन गरी भोलिका दिनमा आउने बिपत्तिमा कुनै टोललाई सिल गर्नु परे वा आवश्यक स्वास्थ्थ सेवा लिनु दिनु परेको खण्डमा यो समिति प्रभावकारी हुनेछ।
३. आवश्यक स्वास्थ्य सामाग्री, एम्बुलेन्स, स्वास्थ्थकर्मी तथा सुरक्षाकर्मीलाई तयारी हालतमा राख्ने।
४. तत्काल कोरोना संक्रमित देखिएमा वीरगञ्जमा आइसोलेसन वार्डको अभाव छ, त्यस्तो अवस्थामा कसरी ठोरीका नागरिकलाई बैकल्पिक स्वास्थ्थ सुविधा दिने भन्नेमा आवश्यक योजना बनाउने।
५. ठोरी गापालाई चारै तर्फकबाट घेरा बन्दी गरी कोरोना संक्रमित क्षेत्रमा जान निषेध गर्ने कोराना क्षेत्रबाट आउँदा अथवा बाहिरबाट आउँदा अनिवार्य क्वारेइन्टाइनमा बस्नुपर्ने नत्र पिसिआर चेक रिपोर्ट देखाएर मात्र प्रवेश अनुमति दिने व्यवस्था गर्ने सर्वपक्षीय बैकठमा छलफल गरि निर्णय गर्ने।
६. कोरोनाको प्रकोप बढेमा एक घर एक पिसिआर चेकको ब्यवस्था गर्न आवश्यक ब्यवस्थाको पहिल्यै तयारी अवस्थामा बस्ने।
७. निषेधाज्ञालाई अझ प्रभाकारी बनाउन गाउँ/गाउँ, टोल/टोलमा छलफल गरी स्वयंलाई जिम्मेवारी बोध गराउन जनप्रतिनिधिहरु परिचालित हुने।
८. ठोरी गाउँपालिकामा प्रवेश भएका ब्यक्तिहरुको सम्पूर्णको विवरण संगत राख्ने।
९. कोरोना उद्धार तथा स्वास्थ्य निगरानी र्यापिड टीम गठन गरी उपचार ब्यवस्था तथा हस्पिटलसम्म लैजाने ब्यवस्थापन टीम गठन गरी उद्धार टीमको मोबाइल नम्बर प्रत्येक टोल समितिलाई तथा सर्वसाधरणलाई उपलव्ध गराउने।
१०. यदि उपचार गर्दा गर्दा पनि कोरोनाबाट मृत्यु भएको खण्डमा गाउँपालिकाले मृतकको परिवारलाई क्षतिपूर्ति स्वरुप निश्चित रकम उपलब्ध गराउने घोषणा गर्ने र गाउँपालिकाले कोरोना सम्बन्धी बिमा गर्न नागरिकहरुलाई जनस्तरदेखि नै अभिप्रेरित गर्ने खालका कार्यक्रम संचालन गर्ने।
११. कोरोनाबाट टुहुरा भएका तथा बेसाहारा भएका परिवारहरुको लागि ठोरी गाउँपालिकाले राहत कोषको स्थापना गरी सहयोगको लागि नागरिक तथा संघ संस्थालाई आह्वान गर्ने।
१२. कोरोना लागेकालाई समाजमा अपहेलाको दृष्टिले हेर्ने र स्वयं कोरोना लागेका ब्यक्ति पनि अत्यन्त भयभित हुने हुनाले समाजका लागि सामाजिक संजालहरुको प्रयोग गरी जनचेतनमुलक कार्यक्रम संचालन गर्ने।
१३. ठोरीका नागरिकलाई 'मलाई कसैले नहेरे पनि मेरो पछाडि मेरो स्थानीय सरकार छ' भन्ने आभास दिलाउने कार्यक्रम गाउँपालिकाले ल्याउने।
१४. ठोरीका जनतामा कोरोना देखा परे गाउँपालिका भित्रै ढुक्कसँग बस्न सक्ने सामुदायिक आइसोलेसन सेन्टरको ब्यवस्था गर्ने।
१५. विश्व महामारीको यो संकटको घडीमा ठोरीको युवाहरुसँग स्वयमसेवक बन्न इच्छुकका लागि आह्वान गर्ने। जसले गर्दा बिपदको बेलामा सहयोग गर्न सजिलो र प्रभावकारी हुन्छ।
१६. ठोरी प्रवेश गर्ने नाकाहरुमा सशस्त्र प्रहरी र जनपथ प्रहरी परिचालन गरी निषेध आज्ञा अन्त्यन्त प्रभावकारी बनाउने।
१७. सामाजिक संजाल र मिडिया मार्फत गाउँपालिकाका कोभिड-१९ बिरुद्धका कार्यक्रमहरु सम्पूर्ण ठोरी बासीलाई अवगत गराउने।
१८. ठोरी गाउँपालिकाको प्रत्येक चोक चौतारामा सचेत नागरिकले गर्नु पर्ने काम कर्तब्यको 'नागरिक आचार संहिता' बनाई बोर्ड राख्ने।
१९. चोक चौतारामा समूहिक भेला, बैठक, सवारीसाधनमा रोक, बिना मास्क हिड्न, डुल्न कडाइका साथ नियन्त्रण गर्ने गराउने।
२०. गाउँ/टोलमा नयाँ कुनै ब्यक्ति सुरक्षा निकायको आँखा छली प्रवेश गरेमा त्यस्तो ब्यक्तिको सूचना दिनेलाई पुरस्कृत गर्ने र त्यस्ता ब्यक्तिलाई तुरुन्तै क्वारेन्टाइनमा लैजाने ब्यवस्था गर्ने।
२१. कोरोना सम्बन्धी कुनै पनि नियम बनाउँदा सम्पूर्ण जनताहरुले आत्मासाथ गर्नु पर्ने हुँदा कोरोना सम्बन्धी हरेक नियम कानुन सर्वपक्षिय/सर्वदलिय भेला गरी अनुमोदन तथा निष्कर्षमा पुगेर मात्र लागु गर्नुपर्छ।
२२. विश्व महामारी कोभिड-१९ को भावी पुस्ताहरुलाई सम्झना र ठोरी गाउँपालिका, ठोरी नागरिक समाज, चितवन ठोरी समन्वय समाज तथा अन्य संघ संस्थाले कोभिड-१९ मा खेलेको मानवीय सेवाको भूमिका सम्बन्धी झल्कने तथा कोरोनाका कारण ठोरी गाउँपालिकाका नागरिक मृत्यु भएमा महामारी ज्यान जानेहरुको सालिक सहितको 'ठोरी कोभिड-१९ स्मार्क' उपयुक्त स्थानमा निर्माण गाउँपालिकाले गर्नु पर्दछ।
२३. आर्थिक अवस्था अत्यन्त कमजोर भएका विदेशमा भएका ठोरी गाउँपालिकाका नागरिकहरुलाई टिकट काटेर नेपाल आउन समस्या भएमा गाउँपालिकाले त्यस्ता नागरिकलाई उद्दार गर्नु पर्दछ।
२४. कोभिड-१९ मा खट्ने स्वास्थ्थकर्मी, सुरक्षाकर्मी तथा अन्य कर्मचारीलाई प्रोत्साहन स्वरुप भत्ताको ब्यवस्था गर्नुका साथै कोभिड-१९ मा सबैभन्दा राम्रो भूमिका खेल्ने कर्मचारीलाई ' कोभिड -१९ उत्कृष्ट सेवा पुरस्कार' दिइने घोषणा गरेर कर्मचारीको हौसला र आत्मबल बढाउने कार्यक्रम गर्नु पर्दछ।
(लेखक रेडियो बिजयबस्ती, पर्साका अध्यक्ष हुन्।)