जब एउटा नारीको जन्म हुन्छ, तब यो समाज घृणा गर्न सुरु गर्छ। तर यो समाजलाई के थाहा, नारीले नै संसार धानेकी छन् भनेर। एउटा नारीलाई उस्को घरमा उस्को दाजुभाइले जति आवश्यकता पूरा गर्न अझैँ पनि पाइरहेका छैनन् र उस्लाई त अझै काममै लगाउने हो ताकी ऊ त विवाह भएर जाने न परी।
उस्ले किन पढ्न पर्यो भन्ने धारणा अझैँ पनि कतिपय ठाउँमा छ। तर तिनीहरुलाई के थाहा, एउटा नारीको विवाह हुन्छ तब उस्को काँधमा निकै नै भार पर्छ र उस्को माइतमा जे शिक्षा दिइएको हुन्छ, उस्ले उसको घरमा त्यसै अनुसारको काम गर्दछिन्। उसको छोराछोरी हुन्छन्। उसको लागि आफ्नो सम्पूर्ण गहना नै आफ्ना सन्तान हुन्।
हर कोहीलाई उस्को आमाबाबु भनेको दरिलो खम्बा हुन्छ। बालबालिकाको पहिलो गुरु नै आमाबाबु हो ताकी उनीहरुबाट नै जे संस्कार सिकाइयो, त्यसैमा भर पर्ने गर्दछन्। उनीहरुको सन्तानलाई केही भएमा तिनीहरु जत्तिको दुखी अनि छोराछोरीको उदाहरणीय काममा तिनीहरु जत्तिको खुसी कोही पनि हुँदैन।
आमा संसारमा सबैभन्दा माया गर्ने एक मात्र मान्छे हुन्। यो स्वार्थी दुनियाँमा निस्वार्थको माया मात्र आमाले गर्छिन्। आफू भोकभोकै भएर पनि छोराछोरीको पेट भोरिदिने आमा, रुदा फकाउने हरेक प्रश्नको उत्तर दिने आमा, सासुससुराको गाली खाएर पनि छोराछोरीको अगाडि मिठो मुस्कान दिने आमा, जति नै दुख पीडा सहन सक्ने सहनशीलता भएकी आमा।
भगवानभन्दा कम छैनौ तिमी आमा। जति बयान गर्दा पनि थोरै लाग्छ। यथार्थभन्दा मैले मेरो अहिलेसम्मको जीवनकालमा जति आमा, हजुरआमा र दिदीबहिनीको भूमिका ताजा रुपमा सम्झन्छु, त्यती यो मस्तिष्कमा बुवा, हजुरबुवा र दाइभाइको नजर देखिन्छ।
यसो भनीरहँदा वास्तवमा नारी शक्ती भनेको एउटा त्यस्तो बहुरुप र शक्तिशाली स्वरुप हो जस्को माध्यमबाट सिङ्गो संसारको सृष्टि चलेको छ। हर पुरुषको सपना साकार बनेका छन्।
यसरी एक सिक्काको दुई पाटा मानिएका नारी पुरुषमा अहिलेको नयाँ युगमा कुनै किसिमको विभेद हुन हुँदैन भनेर अधिकारकर्मी भनीरहँदा आजको दिनमा चुलोचौकामा रहनु पर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ। तर यति हुँदाहुँदै पनि समाज सकारात्मक रुपमा नारीलाई ग्रहण गर्ने सामर्थ्य राख्दैन जस्का कारण स्वयम नारीहरु आफै पनि हुन आफू आफू महिला सशक्तिकरण बाटोमा लाग्नु नै सकारात्मक पाटो हो।
अन्त्यमा, आधा आकाश ढाकेर रहेका यो संसारको रक्षार्थ महान् जिम्मेवारी बोकेर कर्तव्य पथमा हिड्नु हुने सम्पूर्ण नारीहरुमा मेरो नमन। मनमा भारी काँधमा जिम्मेवारी बोकेर क्षितिजपारिको यात्रामा अहोरात्र खटिनु होला, शुभकामना छ। किनकी यो शक्ति बिना सकरात्मक परिवर्तनका यात्रा असफल हुने देखिन्छ।