त्यो जवान केटो, चट्ट फुकेको छाति, अनुहारमा हल्का मुस्कान,
मिलेको छ जिउडाल तर हातमा छैन रोजगार, जवान केटो भएर मात्रै के गर्नु , हो त आखिर बेरोजगार !
स्नातकोत्तर, स्नातकका थुप्रै प्रमाणपत्र र मेडल छन् रे, भित्तासँग टासिँएका काठका बाकसमा
कुनै दिन ती बाकसमा सजाईएका मेडल हेर्ने आकाशै जति टाढा भए पनि बाकसमै आउनुपर्ने,
त्यो जवान केटो, चट्ट फुकेको छाति, अनुहारमा हल्का मुस्कान,
मिलेको छ जिउडाल तर हातमा छैन रोजगार, जवान केटो भएर मात्रै के गर्नु , हो त आखिर बेरोजगार !
आखाँमा अनगिन्ति टलक्कै चम्किएका अनगिन्ति आशा, तर निधारमा प्रष्ट देखिने सकिने निराशा
बयालिस डिग्रीको तातो रापको गर्मीमा पराई देशकै भूमिमा परिश्रमी कर्मी भएर बाँच्नु परेको,
त्यो जवान केटो, चट्ट फुकेको छाति, अनुहारमा हल्का मुस्कान,
मिलेको छ जिउडाल तर हातमा छैन रोजगार, जवान केटो भएर मात्रै के गर्नु , हो त आखिर बेरोजगार !
मुटुको एक कुनामा बुढा बा आमा, अर्को कुनामा बुढी तर कमाएको छ काटी आफ्नो भुडि
रातदिन खटेने परिश्रमी घर फर्कँदा बाढीले बगाएको मन भनौं या धन एक चौटाई भित्तो देख्न पाउने,
त्यो जवान केटो, चट्ट फुकेको छाति, अनुहारमा हल्का मुस्कान,
मिलेको छ जिउडाल तर हातमा छैन रोजगार, जवान केटो भएर मात्रै के गर्नु , हो त आखिर बेरोजगार !
विश्वकै अग्लो हिमाल सगरमाथाको शिर, विश्वसामू कहिल्यै झुक्न नजानेको अटल गोर्खालि बिर
ऋणैऋणले उठ्नै नसकी थचक्क थचारिएको उपचार नपाएर एक मुठ्ठीको सासको लागी भिक माग्ने,
त्यो जवान केटो, चट्ट फुकेको छाति, अनुहारमा हल्का मुस्कान,
मिलेको छ जिउडाल तर हातमा छैन रोजगार, जवान केटो भएर मात्रै के गर्नु , हो त आखिर बेरोजगार !
बुद्ध जन्मिएको तर सतिले सरापेको देश, जति मै हुँ भन्ने जोगी आए पनि उस्तै देखिने भेष
गर्वले छाति पिट्न खोज्दा भोकमरिले हातै उठाउन नसकेको आसुमात्र तप्प तप्प चुहाउने,