ललितपुर महानगरपालिका–१७ बालकुमारीस्थित सनराईज हाउजिङको घर नम्बर १३ बाट १० लाख चोरी भएको छ।
डा. ज्ञानेन्द्रमान सिंह कार्कीको घरबाट आइतबार भारतीय रुपैयाँ ५ लाख र नेपाली ५ लाख रुपैयाँ चोरी भएको ललितपुर प्रहरीका डिएसपी नरेन्द्र चन्दले जानकारी दिए। डिजिटल लकरमा राखिएको रकम चोरी भएको उनले बताए।
'लकर तोडफोड भएको छैन चोरी भयो भनेर उजुरी आएको छ,' डिएसपी चन्दले भने 'अनुसन्धान गरिरहेका छौं।' भारु नेपालमा नचलेतापनि उनले मोटो रकम कसरी ल्याए यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।