काठमाडौंको भोटेवहालबाट एक जना विदेशी नागरिक बाल यौन दुराचारीको अभियोगमा पक्राउ परेका छन् ।
२ जना बालकसहित जर्मन नागरिक ६३ वर्षीय योगेन भन्ने ह्यान्स जरजेन गुस्टाभलाई पक्राउ गरिएको सिआइबीका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। उनी काठमाडौं ११ भोटेवहालमा एक डेरा लिएर बस्दै आएका थिए।
डेरामा बालकहरु ल्गेर उनले यौनजन्य काम गर्ने गरेको सिआइबीले जनाएको छ। उनलाई सिआइबीले बालयौनदुराचार कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतमा म्याद थप लिएर अनुसन्धान गरिरहेको छ।
जबर्जस्ती करणी महल अन्तर्गत उक्त बालयौन दुराचार अपराधमा अधिकतम १३ बर्ष कैद सजाय तथा पिडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने ब्यवस्था छ।