उद्योगी अजेयराज सुमार्गीले कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाले आफ्ना संचारमाध्यमको दुरुपयोग गर्दै आफूविरुद्ध लगातार समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् ।
आज पत्रकार सम्मेलन गरेर उनले सिरोहियाले पहिल्यै बेचिसकेको जग्गा फिर्ता लिन ब्ल्याकमेल गरिरहेको बताए।
मुक्ति श्री प्रालिका अध्यक्षसमेत रहेका सुमार्गीले 'पहिल्यै बेचिसकेको जग्गा फिर्ता लिन सिरोहियाले 'ब्ल्याकमेल 'गरिरहेको छन्' पत्रकार सम्मेलनमा भने।
२०७० सालमा बेचेको जग्गा पुरानै मूल्यमा पाउनुपर्छ भन्दै सिरोहियाले पटक पटक आफूलाई दबाब दिएको उनले सुनाए।
‘सिरोहियाजीलाई भन्न चाहन्छु, उक्त जग्गाको खरिदबिक्री राजीखुसीमै भएको थियो । राज्यको प्रचलित कानुनबमोजिम नै थियो । दोस्रो कुरा, मैले तपाईंलाई अप्ठ्यारोमा पारेर जग्गा खरिद गरेको होइन, तपाईंको अनुनय विनय स्वीकारेको मात्र हुँ । त्यतिखेर तपाईंको परिस्थिति नै अप्ठ्यारो थियो । मैले उक्त जग्गा खरिद नगरेको खण्डमा तपाईं बैंकको ऋण चुकाउन नसकेर जेल जाने अवस्था थियो’ सुमार्गीले भने ‘त्यस्तो अप्ठ्यारो परिस्थितिमा लगाइदिएको गुन बिर्सेर, पुरानै मूल्यमा जग्गा फिर्ता मागी तपाईंले कृतघ्नताको हद नाघ्नुभएको छ । अहिले सञ्चार माध्यम जस्तो साधनलाई बदनामीको हतियार बनाउँदै निन्दनीय काम गर्नुभएको छ ।,
सुमार्गीले आफूले स्वदेशमा ल्याएको वैदेशिक ऋणलाई सिरोहियाले आफ्ना संचारमाध्यम प्रयोग गरी शंका, आंशका जस्ता शब्द प्रयोगरी दुरुपयोग गरिरहेको बताए। जनतामा भ्रम छर्ने गरी सिरोहियाले काम गरिरहेको उनको आरोप छ।
सिरोहियाको त्यस्तो कदमले विदेशमाबाट नेपालमा लगानी गर्न इच्छुक कम्पनीहरु निरुसात्हित हुन पुगेको सुमार्गीले बताए। सम्पत्ति सुद्धिकरण विभागको प्रतिवेदनको हवाला दिदैँ सिरोहियाले सम्प्रेषण गरेको समाचार झुठो भएको सुमार्गीले बताए।
सुमार्गीले सिरोहिया विरुद्धमा अदालत, जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रेस काउन्सिल नेपालमा गएर उजुरी दिइसकेका छन् ।
सिरोहियाले भने सुमार्गीले आफूविरुद्ध अनावश्यक आरोप लगाएको यस अघि बताइसकेका छन् ।