प्रहरीले रक्तचन्दनसहित ४ जनालाई काठमाडौंको चावहिलबाट पक्राउ गरेको छ।
सिन्धुपाल्चोक धुस्कुनमा जनकबहादुर कार्की, काठमाडौं ३ का कुमार गुरुङ, रुपन्देहीका जनक पन्थी र मोरङका डिल्लीराम लिम्बु पक्राउ परेका हुन् । उनीहरुको साथबाट २ सय ५० केजी रक्तचन्दन बरामद गरिएको छ।
वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानको लागि खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा रक्तचन्दन बरामद गरेको हो।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय पठाइएको सिआइबीले जनाएको छ।