दिल्लीमा एक ८ महिनाकी बालिकामाथि २८ वर्षीय दाजुले बलात्कार गरेका छन्। बालिकामाथि नातामा उनका दाइ पर्ने २८ वर्षिय व्यक्तिले बलात्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बालिकाको अवस्था गम्भीर रहेको र उनको दिल्लीकै एक अस्पतालमा उपचार भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै
हिन्दुस्तान टाइम्सले जनाएको छ।
घटना आइतबारको भए पनि सोमबार मात्रै बाहिर आएको थियो। प्रहरीले आरोपित व्यक्तिलाई पक्राउ गरिसकेको छ। दिल्लीको महिला आयोगकी प्रमुख स्वाती कालिवालले बालिकाको अवस्था निकै डरलाग्दो रहेको बताएकी छन्।
घटना उत्तर पश्चिम दिल्लीको सकुर बस्तीमा भएको हो। प्रहरीका अनुसार आइतबार बिहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए । साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् ।
शिशुलाई काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।