हिउँदे झरीसँगै राजधानी आसपासका क्षेत्रमा गत बिहीबार हिउँ पर्यो। ललितपुर, थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थीले फुलचोकीमा हिउँ खेल्न र हाइकिङ जान विद्यालय प्रशासनसँग आग्रह गरे।
स्कुलले कक्षा ६ का विद्यार्थीलाई बिहानै फुलचोकी लग्यो। दिनभरि हिँउ खेलेर फर्कने क्रममा १७ वर्षीय जोन तामाङ हराए। अबेरसम्म खोज्दा पनि भेटिएनन्। स्कुलले ललितपुर प्रहरीलाई जानकारी गरायो।
खोजी सुरु भयो।
घनघोर जंगलमा उनी कतै फेला परेनन्।
बुधबार साँझ प्रहरीलाई फोनमा खबर आयो, 'जंगलको खोल्सामा एक जना किशोर देखिएको छ। हामीले उद्धार गर्न सकेका छैनौं।'
फोन गर्नेहरु चन्द्र आले र अनिल भट्टराई थिए। हराएका जोनको खोजीमै त्यहाँ गएको उनीहरुले बताएका छन्।
ललितपुर प्रहरी परिसरका एसएसपी गणेश ऐरले सातदोबाटो वृत्तका डिएसपी विनोद सिलवालसहित चिकित्सक टोलीलाई त्यहाँ पठाए।
फुलचोकीमा गाडी पार्किङ गर्ने ठाउँबाट डेढ घन्टा हिँडेपछि प्रहरी टोली किशोर अड्किएको ठाउँसम्म पुग्यो। राति साढे ७ बजेतिर फुलचोकीको खोचमा अर्धचेत अवस्थामा जोन फेला परे।
उनी भोक र चिसोले थलिएका थिए। ज्यान सुन्निएको थियो। प्रहरीसँगै गएको चिकित्सक टोलीले प्राथमिक उपचार थाल्यो। त्यसपछि बिएन्डबी अस्पतालमा भर्ना गरियो।
यो पनि हेर्नुहोस्बिएन्डबीका डाक्टर दीपेन्द्र कार्कीले उनको अवस्था स्थिर रहेको बताएका छन्। मुटुको धड्कन र अक्सिजनको मात्रा सामान्य रहेको उनले जानकारी दिए।
https://www.youtube.com/watch?v=YC8sKIzpJHQ&feature=youtu.be
छ दिनअघि हराएका जोन फुलचोकी जंगलको सबैभन्दा खतरापूर्ण खोचमा भेटिएको उद्धारमा गएको प्रहरी टोलीले बताएको छ।
जोनको घर धरान हो। जुम्ल्याहा सन्तानमध्ये कान्छा उनी आफ्ना अभिभावकसँग थसिखेलमा बस्छन्।
जोनकी आमा रिना तामाङले बुधबार साढे चार बजे जोन भेटियो भन्ने खबर पाएको बताएकी छन्। 'मेरा आफन्तहरु बिहानैदेखि खोज्न खटिएका थिए। त्यहाँ डेन्जर जोन भन्ने ठाउँ छ, ऊ त्यहीँ तल खाल्डोमै खसेको रहेछ,' उनले सेतोपाटीसँग भनिन्, 'साथीभाइको सहयोग र ईश्वरको कृपाले भेटियो। अहिलेसम्म ठीक छ। बोलिरहेको छ।'
प्रहरीका अनुसार बाटोको रुट पत्ता लगाउन नसक्दा बर्सेनि २-३ जना फुलचोकी जंगलमा हराउने गरेका छन्।
https://www.youtube.com/watch?v=oyYlMQgsDXM&feature=youtu.be