प्रहरीले धादिङमा चरेश लुट्ने खाेज्ने समूहलाई पक्राउ गरेको छ। धादिङ गजुरी गा.पा.वडा नंं.८ बस्ने वर्ष ३० को देब बहादुर तामाङ, गल्छी गा.पा.वडा नं. ६ बस्ने वर्ष ३४ को नवराज तामाङ पक्राउ परेका हुन् ।
यसअघि प्रहरीले उनीहरुकै साथी धादिङ गल्छी गा.पा.वडा नं.५ रयले बस्ने वर्ष २६ को श्याम बहादुर तामाङ र सोही स्थान बस्ने वर्ष ३१ को बिनोद तामाङलाई पक्राउ परेको थियो ।
चरेश लुट्ने उद्देश्य राखेर उनीहरुले ट्रकलाई पिछ्या गरेको प्रहरीले जनाएको छ। चरेश लुट्न खोज्ने सबै विप्लव माओवादीका कार्यकर्ता हुन्।
इलाका प्रहरी कार्यालय गजुरीले पोखरेखोला भन्ने स्थानबाट ना ३ ख ४३२४ नम्बरको ट्रक चालक मकवानपुर हेटौंडा १० का रामकृष्ण श्रेष्ठलाई पक्राउ गरेपछि उनीहरुले सो ट्रकलाई पछ्याएका थिए।
गियर बक्स तथा ड्राईभर बस्ने सिट भन्दा ठीक माथी फल्स बटन बनाई लुकाई राखेको १६९.९ किलो लागु औषध चरेस श्रेष्ठबाट बरामद गरिएको प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिए।
सो ट्रकलाई पच्छाई रहेको प्रहरी टोलीले शंकास्पद रुपमा ट्रक पछि पछि मोटरसाइकलमा आइरहेका ४ जनालाईसमेत नियन्त्रणमा लिएको छ।