जिल्ला प्रहरी कार्यालय चितवनले शान्ति सुरक्षा कायम गर्न आकस्मिक चेकिङ सुरु गरेको छ।
माघ १५ गतेबाट जिल्लाका विभिन्न स्थानमा चेकिङ सुरु गरिएको डिएसपी प्रभु ढकालले जानकारी दिए।
हरेक दिन १३ स्थानमा चेकिङ सुरु गरिएको उनले बताए। माघ १५ गतेबाट अहिलेसम्म गुन्डागर्दीमा सम्लग्न ३७ जना पक्राउ परेका छन् ।
लागु औषध ओसार पसार र सेवन गर्ने ७ जना, लाइसेन्स नभइ सवारी साधन चलाउने १ सय ७९ जना, ट्राफिक नियम नमान्ने ६६ जना र नियम उल्लद्यन गर्ने ४ सय ८४ सवारी साधनलाई नियन्त्रणमा लिइएको उनले बताए।
ट्राफिक नियम उल्लद्यनका घटना बढी पाइएपछि एसपी दीपक थापाले त्यसमा कडाइ गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।