प्रहरीले चोरी गरेको आरोपमा ललितपुर गोदावरी बस्ने अशोक केसी भन्ने हरिशरण केसीलाई पक्राउ गरेको छ।
राजधानीका होटलहरुमा कार्यक्रम भएको स्थान जाने र त्यहाँ उपस्थित भएकाहरुको सामान चोरी गरेको अभियोगमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो।
उनले यही माघ २० गते दिउँसो १ बजेतिर काठमाडौंको कान्तिपथमा रहेको एल्लो प्यागोडा होटलमा बैंकरहरुको कार्यक्रम पत्रकारको कार्ड देखाइ प्रवेश गरी संझना ढकालसहित ३ जनाको पर्स चोरी गरेका थिए।
अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा के।सी। ले बिभिन्न संचार माध्यम एफएमबाट कार्यक्रमको बारेमा जानकारी लिने तथा जानकारी पश्चात कार्यक्रम स्थलमा पुगेर चोरी गर्ने गरेको बताएका छन् ।