काठमाडौं साग्रिला होटलमा रहेको द मिलिनियर्स क्लव एण्ड क्यासिनो संचालनमा प्रहरीले अवरोध सिर्जना गरेको छ। क्यासिनोको गेटमा सोह्रखुट्टे प्रहरी वृतको एक टोली परिचालन गरिएपछि क्यासिनो बन्द गर्नुपर्ने अवस्थामा आएको संचालक राजेन्द्र बजगाईँले बताएका छन्।
'क्यासिनोको मुल गेटमा प्रहरी तैनाथ गरिएको छ, काम गर्ने वातावरण प्रहरीबाट भएको छैन,' बजगाइँले भने।
सो क्यासिनो ३ वर्ष अघि संचालनमा आएको थियो।
सिल्भर हेरिटेज हङकङ अप्रेसन रहेको अष्ट्रेलियन कम्पनीले सो क्यासिनो संचालनमा ल्याएको हो। यस अघि पनि प्रहरीले क्यासिनो संचालनमा पटक पटक अवरोध सिर्जना गरेको क्यासिनोका कर्मचारीहरुले बताएका छन्।
व्यक्तिगत रिसिइबी साध्न प्रहरीले क्यासिनो संचालनमा रोक लगाएको हुन सक्ने बजगाइँले अनुमान गरेका छन् । बजगाईँ काँग्रेस महासमिति सदस्य हुन्।
प्रहरीले भने क्यासिनो संचालनमा आफूहरुले अवरोध नगरेको प्रष्ट पारेको छ। सोह्रखुट्टे प्रहरी वृतका डिएसपी दीपक पोखरेलले माथिको आदेश भन्दै क्यासिनोमा प्रहरीमा परिचालन गरिएको बताए।
'सुरक्षाका लागि प्रहरी खटाइएको हो, आत्तिनु पर्ने अवस्था छैन्,' डिएसपी पोखरेलले भने, 'के त्यहाँ अवैध काम हुने भए उनीहरु डराउनु पर्यो।'