पुल्चोक प्रहरी प्रभागका इन्सपेक्टर गोबिन्द पन्थीलाई प्रहरी प्रधान कार्यालय हेडक्वाटरमा तानिएको छ। झण्डै एक वर्ष अपराध महाशाखाबाट सरुवा भएर पुल्चोक आएका उनलाई एक्कासी हेडक्वाटर तानिएको हो।
उनलाई हेडक्वाटर तानिएको बारे केही जानकारी दिइएको छैन्। गत विहीबारदेखि उनी हेडक्वाटरमा हाजिर भइरहेका छन्।
ललितपुरमा श्रीमानलाई कुटपिट गरी श्रीमतीलाई बन्धक बनाउने भारतीय नागरिक पक्राउ
उनीमाथि केही उजुरी परेकोले छानविन भइरहेको आइजिपीको सचिवालयले जनाएको छ। ललितपुरको पुल्चोकमा निता डंगोललाई बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई पक्राउ गरेको कारण देखाउँदै हेडक्वाटरले उनलाई तानेको बुझिएको छ।
गत कात्तिक २४ गते सिंहले नितालाई बन्धक बनाएका थिए। सिंहलाई पक्राउ गरेपनि पछि ललितपुर प्रहरी परिसरले मुद्दा अघि बढाएको थिएन्।
उच्च प्रहरी स्रोतका अनुसार सिंहले आफू पक्राउ परेपछि भारतीय दुतावासमा निवेदन दिएका थिए। 'भारतीय दुतावासले पत्र पठाएपछि प्रहरी प्रधान कार्यालयले पन्थीलाई तानेको हो, 'ती अधिकारीले भने।