ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्रीबाट गोल्ड मेडलसहित सम्मानित भएका छन् ।
जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले गत आइतबार प्रधानमन्त्री कार्यलायमा आयोजित एक बिशेष समारोहमा डा. पन्थीलाई गोल्ड मेडलबाट सुसोभित गरेकी हुन्।
डा. पन्थीले बङ्गलादेशको एकमात्र सरकारी मेडिकल बिश्वविद्यालय बङ्गबन्धु शेख मुजिब मेडिकल बिश्वबिद्यालयबाट सन् २०१६ मा पाँच बर्षे एमडी एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म (डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ) बिशेषज्ञता हासिल गरेका थिए।
उनले सो बिश्वबिद्यालयको एण्डोक्राइनोलोजी एण्ड मेटाबोलिज्म बिभागमा मात्र नभएर समग्र मेडिसिन फ्याकल्टीमानै सर्वाधिक अंक सहित सर्बोत्कृष्ट नतिजा हासिल गरेका थिए।
डा. पन्थी हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा डायबर्टिज, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञका रुपमा कार्यरत छन् ।