प्रहरीले विराटनगरबाट ४५ लाख अवैध रुपैयासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर १५ बाट ४५ लाख नेपाली रूपैयासहित भारत अररिया फारबिसगञ्ज १ का ४५ वर्षिय नारायण साहलाई पक्राउ गरेको हो।
बिआर ११ एए ६२६५ नम्बरको कारको सीट मुनि लुकाइ राखेको अवस्थामा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ। रूपैयासहित शाहलाई राजश्व अनुसन्धान कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।