ग्रीन टी भन्दै हुलाकबाट कुरियर गरेर गाँजा तस्करी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले तनहुँ बन्दीपुर गाउँपालिका वडा ६ डाँडाछापका देउ बहादुर गुरुङलाई पक्राउ गरेको हो।
मंगलबार सुन्धारा हुलाक कार्यालयको पार्सल निकासी शाखाबाट उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ।
गुरुङले अन्य व्यक्तिको परिचय पत्र प्रयोग गरी ग्रिनटी को स्टिकर टाँसेर अवैध लागूऔषध गाँजा हङकङ पठाउने गरेको प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा पक्राउ गर्न गएको प्रहरी टोलीलाई देखर भाग्दै गरेका गुरूङलाई पक्राउ गरिएको र उनको साथबाट १३ सय ९० ग्राम गाँजा बरामद गरिएको ब्यूरोले जनाएको छ।
पक्राउ परेका गुरुङले यसअघि पनि यसरीनै गाँजा तस्करी गर्ने गरेको प्रहरीले बताएको छ।