भारत अररिया फारबीसगन्ज–१ बस्ने ४५ वर्षीय नारायण शाहलाई कारको सुटमुनी लुकाई छिपाई ल्याएको ४५ लाख रुपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ ।
बिराटनगर महानगरपालिका–१५ स्थित भारतको जोगबनीबाट बिराटनगरतर्फ आउँदै गरेको शाहले चलाएको बिआर ११ एए ६२६५ नम्बरको भारतीय कारलाई जाँच गर्दा सो रकम बरामद गरिएको हो।
चालकको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा नेपाली रुपैयाँ १ हजार दरका ३ हजार ४ सय थान, ५ सय दरका २ हजार १ सय थान र १ सय दरका ५ सय थान गरी उक्त रकम फेला परेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।