गृह मन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।
यसअघि राष्ट्रिय परीचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेकअ सुवेदी गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको रुपमा आजदेखि जिम्मेवारी सम्हालेका हुन्।
यसअघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडी मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ। सुवेदीले यसअघि पनि दुई पटक मन्त्रालयको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
काठमाडौंको प्रमुख जिल्ला अधिकारी तथा तथा राजस्व अनुसन्धान विभागको महानिर्देशक भएर पनि उनले काम गरिसकेका छन्।