प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरबाहिर शंकास्पद वस्तु भेटिएको छ।
यादवको हात्तिवनस्थित घर अगाडि शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ। शंकास्पद वस्तु बम हुन सक्ने अनुमान गरिएको छ।
यादवको घरमा सेनाको बम डिस्पोजल टोली पुगिसकेको छ। यसअघि साँझ ८ बजेतिर यादवको घरलाई लक्षित गर्दै बम बिस्फोट भएको थियो।