तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्।
उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए।
अदालतमा उनको बयान जारी छ।
यसअघि यो मुद्दाका अर्का फरार अभियुक्त एसएसपी श्याम खत्रीले पनि अदालतमा आत्मसमर्पण गरेका थिए।