६ किलो सुन सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं प्रहरी परिसर अन्तर्गतको नागढुंगा प्रभागले सुनसहित एक जनालाई पक्राउ गरेको डिएसपी मोहन थापाले जानकारी दिए।
मोटरसाइकलमा लुकाएर सुन लैजान लागिएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाको नाम प्रहरीले गोप्य राखेको छ। यसअघि प्रहरीले ३ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको थियो। ५ जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका थिए।