झापामा आगलागीबाट ज्यान गुमाएका चारै जनाका हकवालालाई सरकारले तत्काल जनही एक/एक लाख नगद राहतस्वरूप प्रदान गर्ने भएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सेतोपाटीसँग कुरा गर्दै भने, ‘दैविक प्रकोप उद्धार कोषबाट जनही १ लाखका दरले मृतकका हकवालालाई ४ लाख तत्काल भुक्तानी दिने निर्णय भएको छ।’
आइतबार राति साढे १० बजे लागेको आगोले शिवसताक्षी नगर पालिका वडा नम्बर ७ लालझोडाका ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका खनाल, ४ वर्षीया छोरी चन्द्रा खनाल र पाँच महिनाका छोरा टिकाराम खनालको घटना स्थलमै मृत्यु भएको थियो।
मृतक सबैको पोष्टमार्टम गर्ने कार्य सकेर कनकाई नदीमा सामूहिक दाहसंस्कार गर्ने तयारी भइरहेको मृतकका घिमेकीले बताएका छन्।
यी पनि,
खनाल दम्पत्तिले गुहार मागे पनि कुदेर जाँदा आगो हाम्रो नियन्त्रण बाहिर थियो- छिमेकी
झापामा आगलागी हुँदा एकै घरका चारको मृत्यु